काठमाडौंको फोहोर बिहीबारबाट उठ्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर उठाउने भएको छ । महानगरपालिकाको फोहोर पछिल्लो एक सातादेखि उठ्न सकेको थिएन ।
महानगरपालिकाले एक सूचना जारी गर्दै बिहीबारबाट पूर्ववत् फोहोर उठ्ने जनाएको छ ।
एक सातादेखि फोहोर नउठ्दा काठमाडौं सडकमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिएकाे छ । वर्षाका कारण निस्किएकाे फाेहाेरकाे लिचेडले राेगहरूकाे जाेखिम पनि बढेकाे छ ।
महानगरपालिकाले ती फोहोर आजबाट क्रमशः उठाइने जनाएको छ ।
बञ्चरेडाँडा जाने सडक स्तरोन्नति गर्नुपर्ने भएपछि स्थानीयको आग्रहमा महानगरपालिकाले एक साताअघि फोहोर उठाउन बन्द गरेको थियो । वर्षौंदेखि बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आए पनि सडकको अवस्था दयनीय छ ।
महानगरपालिकाले सडक मर्मतको काम सकिएकाले फोहोर उठाउन लागिएको जनाएको छ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया