चीन–अमेरिका तनाव : बाइडन र सीबीच वार्ता हुँदै
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँग फोन वार्ता गर्ने भएका छन्।
अमेरिकी कंग्रेसकी अध्यक्ष न्यान्सी पेलोसीको ताइवान भ्रमणको खबरले चीन क्रुद्ध बनिरहेका बेला बाइडन र सीबीच टेलिफाेन वार्ता हुन लागेकाे हाे ।
अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीका अनुसार दुई नेताको एजेण्डामा ताइवान, युक्रेन युद्ध र दुई देशबीचको आर्थिक प्रतिस्पर्धाका मुद्दा हुनेछन् ।
उसले न्यान्सी पेलोसीले ताइवानको यात्रा गरेमा अमेरिकाले कठोर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।
चीनको यो आक्रामक प्रतिक्रियाको अमेरिकाले आलोचना गरेको छ ।
यद्यपि, विदेश विभागले न्यान्सी पेलोसीले कुनै पनि यात्राको घोषणा नगरेको र ताइवानप्रति अमेरिकी अडानमा कुनै परिवर्तन नभएको बताएको छ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया