१३ सांसद भएको लोसपाले एमसिसीको पक्षमा मतदान गर्ने
काठमाडौं । संसदमा १३ सिट भएको लोकतान्त्रिक समाजवादी पार्टीले एमसिसीको पक्षमा मतदान गर्ने भएको छ । संसदीय दलको बैठकले संसदमा टेबल भएको एमसिसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएको सम्झौताबाट पछि हट्दा नेपालको छविमा प्रश्न उठ्ने भन्दै एमसिसीको पक्षमा लोसपा उत्रिनुपर्ने प्रस्ताव बैठकमा गरेका थिए ।
भोलि संसदमा टेबल भएको एमसिसीमाथि छलफल अघि बढ्नेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलबीच सहमति नभए प्रतिपक्षी एमालेलाई मनाएर भए पनि एमसिसी पास गर्ने नीति लिएका छन् । यसका लागि उनले दलबीच संवाद पनि अघि बढाइसकेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया