भाइको खातामा हाले गाउँपालिका अध्यक्षले बजेट

काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिकाले दिएका ६ वटा योजना नै कटाएर तत्कालीन गाउँपालिका अध्यक्षले बजेट भाइको खातामा दाखिला गराएको खुलेको छ ।
पालिकाका तत्कालीन अध्यक्ष दल फडेराले ३४ योजनामध्ये निर्माण सम्पन्न भइसकेका ६ योजना कटौती गरेर भाइ नन्द फडेरासहितको मेलचौर कृषि पशुपालन समूह फर्मका सञ्चालकहरूको नाममा १३ लाख ७५ हजार रूपैयाँ जम्मा गरेका हुन् ।
१९ वैशाख ०७९ मा गाउँपालिकाले ९९ लाख २२ हजार ४५२ रूपैयाँ ग्लोबल आइएमई बैंकको अदानचुली शाखामा जम्मा गरेर ३४ आयोजनाका उपभोक्ता समितिका खातामा जम्मा गरी भुक्तानी दिन अनुरोध गरेको थियो । ३४ योजनाको विवरणसहित पठाइएको योजनामा पालिकाका लेखापाल दत्तबहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत टंकदत्त प्याकुरेलको संयुक्त हस्ताक्षर थियो । तर सोही दिन ६ योजना कटौती गरेर पालिका अध्यक्षका भाइलगायत कृषि फर्मका सञ्चालकहरूको नाम समेटी २९ योजनाका लागि बजेट दाखिला गरेको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया