नेपाली बैंकले चीनमा जिते डेढ अर्बको मुद्दा
काठमाडौं । अन्ततः १० वर्षपछि हिमालयन बैंक तथा बैंक अफ काठमाण्डू (बिओके) ले मेलम्ची खानेपानी आयोजनामा राखेको काउन्टर ग्यारेन्टीबापतको अग्रिम भुक्तानीको मुद्दा जितेका छन् ।
लामो कानूनी लडाइँपछि मुद्दा जितेको तथा अब नेपाली बैंकले आफ्नो पैसा फिर्ता पाउने कुरामा ढुक्क भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए ।
‘सायद १० दिनभित्रमा जमानत रकम फिर्ता हुन्छ होला,’ राणाले भने ।
यो फैसलासँगै दुबै बैंकले काउन्टर ग्यारेन्टीबापत मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको जमानत रकम फिर्ता पाउने भएका छन् ।
अमेरिकी डलर ६६ लाख २५ हजार र १४ लाख ११ हजार ४५३ युरो (करिब १ अर्ब २ करोड रूपैयाँ) रकम बैंक अफ काठमाण्डूले फिर्ता पाउने प्रमुख कार्यकारी अधिकृत श्रवण मास्कीले जानकारी दिए, कारोबार दैनिकमा खबर छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया