संग्रौलालाई मिश्रको जवाफ : अरूको पैसामा जाँड खान्छौँ, गाली बमन गर्छौं
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र र लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाबीच आज युद्ध चलिरहेको छ ।
मिश्रले मंगलबार नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेलाई जवाफ दिँदै कांग्रेस राजतन्त्रवादीबाट गणतन्त्रवादी, माओवादी संसद्विरोधीबाट संसद्वादी र एमाले अध्यक्ष ओली बयलगाडावादीबाट संघीयतावादी भएजस्तै आफूले पनि यी तीन ३ ’आदर्श गुरू’को पदचाप पछ्याउँदै राजसंस्थाको वकालत गरेको बताएका थिए ।
मिश्रको यही जवाफमा संग्रौलाले कमेन्ट गर्दै ‘मुला’सम्म भन्दै गाली गरेका छन् ।
‘कोही आफ्नो निष्ठाबाट गिर्दा कसैलाई यो मैजस्तो भयो भन्ने सान्त्वनाकारी आनन्दको अनुभूति ! हैट्, मान्छे मुलाका दुःख !,’ उनले ट्विटरमा यस्तो कमेन्ट गरेका छन् ।
यसैको जवाफ फर्काउँदै मिश्रले संग्रौलाका निष्ठाबारेका थप बुँदा भन्दै उनले अरू पैसामा जाँड खाएर गाली बमन गर्ने गरेको आरोप लगाएका छन् ।
‘मेरो निष्ठाबारे थप बुँदा : अरूको पैसामा जाँड खान्छु, गाली बमन गर्छु, । साहित्य ठीकै, बौद्धिकरूपमा खोक्रो छु । पुस्तक लेख्छु, सकभर लेखकश्वमा कर तिर्दिन । तुच्छ भाषा सिकाउँछु । आफ्ना सन्तान विदेशमा छन्, अरूकालाई ’नझुक्नु बरू मर्नु’ भनेर उक्साउँछु । समाज रूपान्तरणका लागि धेरै गरेको छु,’ उनले ट्विटरमा लेखेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया