क्यानाडामा मंकीपक्सका ८९० संक्रमित
काठमाडाैं । क्यानाडामा पनि मंकीपक्स संक्रमितहरू भेटिन थालेका छन् । एक समाचारमा बुधबारसम्ममा त्यहाँ कम्तीमा ८९० जना मङ्कीपक्सका संक्रमित पाइएका जनाइएको छ ।
त्यहाँका स्वास्थ्य संस्थाहरुले तीमध्ये चार सय २३ जना ओन्टारियोमा पाइएका जनाइएको छ । यस सहरमा सुरुदेखि नै मंकीपक्सको संक्रमण बढेको पाइएको थियो ।
क्यानाडाको नेसनल माइक्रोबायोलोजी ल्याबरेटोरीले यस मंकीपक्सको संक्रमणको लगत राखेको र यस सम्बन्धमा अनुसन्धान पनि गरिरहेको जनाएको छ ।
यहाँको सरकारले मङ्कीपक्सका विरुद्धको कम्तीमा पनि ७० हजार खोप लगाउन तयार रहेको र ठूलो संख्यामा स्वास्थ्यकर्मी पनि खटाइएको जनाएको छ ।
पछिल्ला केही महिनामा यो मङ्कीपक्सको संक्रमणका विश्वका कैयौँ देशमा पुगेको छ । यसका कारण विश्व स्वास्थ्य संगठनले यसलाई स्वास्थ्य संकटका रुपमा पनि घोषणा गरेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया