क्यानाडामा मंकीपक्सका ८९० संक्रमित
काठमाडाैं । क्यानाडामा पनि मंकीपक्स संक्रमितहरू भेटिन थालेका छन् । एक समाचारमा बुधबारसम्ममा त्यहाँ कम्तीमा ८९० जना मङ्कीपक्सका संक्रमित पाइएका जनाइएको छ ।
त्यहाँका स्वास्थ्य संस्थाहरुले तीमध्ये चार सय २३ जना ओन्टारियोमा पाइएका जनाइएको छ । यस सहरमा सुरुदेखि नै मंकीपक्सको संक्रमण बढेको पाइएको थियो ।
क्यानाडाको नेसनल माइक्रोबायोलोजी ल्याबरेटोरीले यस मंकीपक्सको संक्रमणको लगत राखेको र यस सम्बन्धमा अनुसन्धान पनि गरिरहेको जनाएको छ ।
यहाँको सरकारले मङ्कीपक्सका विरुद्धको कम्तीमा पनि ७० हजार खोप लगाउन तयार रहेको र ठूलो संख्यामा स्वास्थ्यकर्मी पनि खटाइएको जनाएको छ ।
पछिल्ला केही महिनामा यो मङ्कीपक्सको संक्रमणका विश्वका कैयौँ देशमा पुगेको छ । यसका कारण विश्व स्वास्थ्य संगठनले यसलाई स्वास्थ्य संकटका रुपमा पनि घोषणा गरेको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया