सहकारी बैंकले सुरु ग-यो विद्युतीय पुस्तकालय
ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी क्षेत्रका विभिन्न नीतिगत व्यवस्था, शिक्षा लगायतका विषय जानकारी हुने पुस्तक तथा अभिलेखहरु समेटेर इलाइब्रेरी स्थापना गरेको छ ।
बैंकले स्थापना गरेको इलाइब्रेरीको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाले बिहीबार उद्घाटन गरेका हुन् । बैंकको २० औं स्थापना तथा कारोबार शुभारम्भ दिवसका अवसरमा बैं बैंकको इलाइब्रेरीमा बैंकको समग्र अवस्था, स्थानीय तह, प्रदेश र संघीय ऐन तथा नियमावलीहरु, शिक्षामलुक सामग्री, टेक्निकल टुल्स, नमुना नीति कार्यविधिहरु, तालिमका भिडियोहरु, सहकारी सम्बन्धी लेख रचनाहरु लगायतका सामग्री हेर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।
बैंकले सञ्चालन गरेको इलाइब्रेरी http://elibrary.ncbl.coop मा गएर हेर्न सकिने गुरागाईले बताए ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया