प्रचण्ड पनि बोले ताइवानमा अमेरिका र चीनबीचको तनाबबारे
काठमाडौं । ताइवान मामिलालाई लिएर अमेरिका र चीनबीच भइरहको तनाबबारे नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बोलेका छन् ।
प्रचण्डले ताइवानमा घटनाक्रमप्रति आफ्नो गम्भीर ध्यानाकर्षण गरेको बताएका छन् । नेपाल एक चीन नीतिमा स्पष्ट रहेको उनले स्पष्ट पारेका छन् ।
साथै, प्रचण्डले चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति आफूहरूको विरोध रहने बताएको उनको सचिवालयले जनाएको छ । सर्सर्ती हेर्दा प्रचण्डले घुमाइरो पारामा अमेरिकी कदमको विरोध गरेको देखिन्छ ।
‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल माओवादी केन्द्र एक चीन नितिप्रति प्रष्ट छ । चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ,’ प्रचण्डको भनाइ उदृत गर्दै सचिवालयले भनेको छ ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर यतिबेला अमेरिका र चीनबीच तनाब उत्पन्न भएको छ । यसलाई लिएर परराष्ट्र मन्त्रालयले पनि यसअघि नै प्रतिक्रिया दिइसकेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया