पाकिस्तानमा उपनिर्वाचन घोषणा
काठमाडौं । पाकिस्तानमा शुक्रबार उपनिर्वाचनको मिति घोषणा गरिएको छ । राष्ट्रिय सभाका नौ सिटका लागि निर्वाचन गर्न मिति घोषणा गरिएको हो ।
आगामी सेप्टेम्बर २५ मा मतदान गराउने गरी निर्वाचन घोषणा गरिएको निर्वाचन आयोगले जनाएको छ ।
देशको राजनीतिक परिवर्तन र तत्कालीन सत्तारुढ दल पाकिस्तान तेहरिक ए इन्साफ पार्टी (पिटिआई) भित्रको विवादका कारण खाली भएका सिटमा निर्वाचन गर्नु पर्ने भएको हो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार आगामी अगस्ट १० देखि १३ सम्ममा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
उम्मेदवारीमाथि अगस्ट १७ सम्ममा आवश्यकता अनुसार अध्ययन तथा छानविन गरिने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारहरूलाई अगस्ट २९ मा निर्वाचन चिन्ह दिइने गरी निर्वाचन तालिका बनाइएको अधिकारीहरूले जनाएका छन् ।
गत जुलाईमा सभामुख राजा पेभाईजले सामूहिक राजीनामा दिएका पिटीआइका सांसदहरूको राजीनामा स्वीकृत गरिएको घोषणा गरेका थिए । उनीहरूले अप्रिल ११ मा सामूहिक राजीनामा दिएका थिए । राजीनामा दिएको झण्डै तीन महिनापछि मात्रै राजीनामा स्वीकृत गरिएको हो ।
उनीहरूको राजीनामा स्वीकृत भएपछि निर्वाचन आयोगले तयारी गरेर अहिले निर्वाचन घोषणा गरेको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया