इजरायली हवाई आक्रमणमा गाजामा दोस्रो शीर्ष इस्लामिक जिहाद कमाण्डर मारिए

एजेन्सी । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा इस्लामिक जिहादका उच्च कमाण्डर खालिद मन्सुर मारिएको लडाकु समूहको सशस्त्र शाखा अल–कुड्स ब्रिगेडले जनाएको छ।
शुक्रबार इजरायली रक्षा बल (आइडिएफ)ले उत्तरी गाजामा इस्लामिक जिहादका एक वरिष्ठ कमाण्डर तैसिर जबारी इजरायली हवाई हमलामा मारिएको पुष्टि गरेको छ।
अल–कुड्स ब्रिगेडले आइतबार बिहान दक्षिणी गाजामा यसका उच्चस्तरीय कमाण्डर खालेद मन्सुर शनिबार राति रफाह शहरमा इजरायली हवाई हमलामा मारिएको बताएको छ।
आइडिएफले शुक्रबार गाजा पट्टीमा प्यालेस्टाइनी आन्दोलन इस्लामिक जिहादविरुद्ध ब्रेकिङ डन नामक अपरेशन शुरु गरेको छ। जबरी इजरायली हमलामा मारिएपछि इस्लामिक जिहादका नेता जियाद नाखलाहले तेल अवीवमा क्षेप्यास्त्र आक्रमण गरेर बदला लिने धम्की दिएका छन्।
त्यसयता इजरायलले गाजा स्ट्रिपमा क्षेप्यास्त्र हमला र नयाँ आक्रमणहरू शुरु गर्दै आएको छ।
प्यालेस्टिनी एन्क्लेभको स्वास्थ्य मन्त्रालयले शनिबार इजरायलको अपरेशन ब्रेकिङ डन अन्तर्गत गाजा पट्टीलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको र २०३ जना घाइते भएको बताएको छ ।
ताइवानलाई लिएर अमेरिका र चीनबीच भएको तनाबबारे राष्ट्रसंघ फेरि बोल्यो
ताजा अपडेट
-
‘बजेटमा साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’
-
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाइने
-
कर्णाली स्वास्थ्य विज्ञान र सुष्मा कोइरालाबीच जलन उपचारसम्बन्धी सम्झदारी
-
मनसुनअघि नै जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्न सरकारलाई निर्देशन
-
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
प्रतिक्रिया