दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो
काठमाडाैं ।पछिल्लो केही दिनदेखि घट्दो क्रममा रहेको सेयर बजारमा आइतबार पुनः सुधारको संकेत देखिएको छ ।
आज नेप्से १०.२७ अंकले बढेर २१२३.८३ विन्दुमा पुगेको छ। नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । आज ६१ लाख ६ हजार ५२१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये लाइफ इन्स्योरेन्स उपसमूह बाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ । आइतबार होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले बढेको छ।
आज मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने तेह्रथुम पावरको ९.६५ प्रतिशत, उपकार लघुवित्तको ९.१३ प्रतिशत, गुह्वेश्वरी फाइनान्सको ८.५७ प्रतिशत र साहस उर्जाको शेयरमूल्य ६.११ प्रतिशतले बढेको छ।
त्यस्नै नयाँ सारथी लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ३.४८ प्रतिशतले घटेको छ भने सामलिङ्ग पावरको ३.४३ प्रतिशत, ग्रामिण विकास लघुवित्तको ३.३८ प्रतिशत र रुरु जलविद्युतको २.९४ प्रतिशतले घटेको छ।
कारोबार रकमको आधारमा आइतबार शिवम् सिमेन्टको सर्वाधिक १३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै यस दिन नबिल बैंकको १२ करोड ७२ लाख, फरवार्ड लघुवित्तको ९ करोड ९२ लाख र एशियन लाइफ इन्स्योरेन्सको ८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया