विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले बैठकमा सो प्रस्ताव प्रस्तुत गरेका थिए । सांसदहरुले उठाएको जिज्ञासामा मन्त्री चौधरीले नागरिकको मौलिक हकका रुपमा रहेको स्वच्छ खानेपानी पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि यस विधेयकमा प्रबन्ध गरिएको बताए ।
उनले विगतमा जलस्रोत ऐनअन्तर्गत नै खानेपानीको समग्र प्रणाली सञ्चालनमा हुने गरेको यथार्थ पेस गर्दै अब भने खानेपानीको सम्बन्धमा स्पष्ट नीति तथा कानुनको प्रबन्ध हुने विश्वास व्यक्त गरे ।
ताजा अपडेट
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
-
महिला एशियन कप छनोट : नेपालले आज उज्वेकिस्तानसँग खेल्दै
प्रतिक्रिया