युक्रेनले पनि गर्यो सेना परिचालन
काठमाडौं । युक्रेनले रुसविरुद्ध लड्न सेना परिचालन गरेको छ । रुसले युक्रेनविरुद्ध बिहीबार युद्ध घोषणा गर्दै आक्रमण थालेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका हुन्।
यसअघि जगेडामा राखिएका सेनालाई कार्यक्षेत्रमा फर्किन निर्देशन दिइएको छ ।
युक्रेनको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले भनेको छ– सबै युक्रेनीले हतियार उठाएर देश रक्षा गर्ने बेला आएको छ ।
यसैबीच, युक्रेनले १८ देखि ६० वर्षका पुरुषहरूलाई देश नछाड्न अपिल गरेको छ । रुसको आक्रमणबाट त्रस्त नागरिकले देश छाड्ने खतरा बढेपछि युक्रेनले यस्तो आग्रह गरेको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया