फोनिज पत्रकारिता पुरस्कार पत्रकार सेर्मालाई

पाँचथर (शंकर चापागाईं)। फोनिज पत्रकारिता पुरस्कार पत्रकार कविन्द्र सेर्मालाई प्रदान गरिएको छ । ५० हजार रुपैंया राशीको पत्रकारिता पुरस्कार जिल्ला शाखाका संस्थापक अध्यक्ष सेर्मालाई प्रदान गरिएको हो।]
नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) पाँचथर ले स्थापनाले यसै वर्ष वितरण शुरु गरेको उक्त पुरस्कार महासंघको स्थापना दिवसको अवसर पार्दै शुक्रबार वितरण गरिएको हो । पत्रकार सेर्मा २०५९ सालदेखि पत्रकारिता पेशामा सक्रिय रहेका छन् ।
यसैगरी फोनिज पाँचथरले नै स्थापना गरेको नवोदित पत्रकारिता पुरस्कार इगल एफ.एम.मा कार्यरत सुनिता खजुमलाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरको सभाहलमा भएको कार्यक्रममा पुरस्कृत दुवैलाई १ नम्वर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङबोले पुरस्कार, कदर पत्र र दोसल्ला मार्फत सम्मान गरेका थिए ।
प्रत्येक बर्ष शाखाले लामो समयदेखि पत्रकारितामा कृयाशिल अग्रज एमजना फोनिजकर्मीलाई आदीवासी जनजाती पत्रकारिता पुरस्कार र एकजना नवोदित पत्रकारलाई नवोदित पत्रकारिता पुरस्कार वितरण गर्ने उद्देश्यले यसै वर्ष कोष स्थापना गरेको फोनिज पाँचथरका अध्यक्ष रामचन्द्र तामाङले जानकारी दिएका छन् ।
प्रतिक्रिया