बजेट छलेर वृद्धि गर्न खोजिएको तलब लागू नहुने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । बजेट घोषणामा भन्दा अतिरिक्त तलब बढाउने प्रयास असफल भएको छ । अर्थ मन्त्रालयले बजेट छलेर उपल्लो तहका कर्मचारीको तलब बजट भाषणमा भन्दा २४ प्रतिशतसम्म बढाउने प्रस्तावलाई मन्त्रिपरिषद्ले असफल बनाएको हो ।
आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेका हुन् ।
साउन २६ गतेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० को नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको हो । बजेटमा उल्लेख भएबमोजिम सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुने भएको हो ।
यसअघि उपल्लो श्रेणीका कर्मचारीकोमात्रै तलब बढाउने निर्णय भएपछि श्रेणीविहीन कर्मचारीहरूले पनि समान रूपले तलब वृद्धि हुनुपर्ने भन्दै आन्दोलन गरेका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया