पाकिस्तानमा धार्मिक हिंसा, अहमदिया समुदायका एक वृद्धको हत्या
इस्लामावाद । पाकिस्तानमा अहमदिया समुदायमा लगातार लक्षित हत्या भइरेहको छ । यसैबीच पञ्जाब प्रान्तको चेनाबनगर शहरमा अहमदिया समुदायका एक ६० वर्षीय व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरिएको छ ।
हत्या गरिएका नसीर अहमद र उनका भाइ मुनीर बिहान किनमेल गर्न जान बस पार्खाइमा रहेका अवस्थामा छुरा प्रहार भएको पाकिस्तानको अखबारले प्रहरी जानकारी दिएको छ ।
एक अज्ञात व्यक्तिले उनीहरूलाई रोकेको र उनीहरूको धर्मका बारेमा प्रश्न गरेको जनाइएको छ । आक्रमणकारीले आफ्नो झोलाबाट छुरा निकालेर अहमदलाई आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
छुरा प्रहार गरी भाग्न खोजेका ती व्यक्तिलाई स्थानीयले पक्रेर प्रहरीको जिम्मा लगाएको थियो । आक्रमणकारीले उनीहरूलाई धार्मिक आधारमा आक्रमण गरेको र तहरीक–ए–लब्बैक पाकिस्तान (टिएलपी)को पक्षमा नारा लगाएको पीडितका भाइ मुनीरले डनलाई जानकारी दिएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया