सिरियामा आइएसका एक कमाण्डर मारिए
दमासकस । सिरियाली सुरक्षा निकायले गरेको एक कारबाहीमा यहाँको आतङ्कवादी समूह आइएसका एकजना वरिष्ठ कमाण्डर मारिएका छन् । सिरियाली सेनाले देशको दक्षिणी प्रान्त दारामा गरेको कारबाहीका क्रममा ती कमाण्डर मारिएको बताइएको छ ।
यहाँका सञ्चारमाध्यमहरूले केही दिनअघि मात्र पनि आइएसका एक वरिष्ठ कमाण्डर मारिएको समाचार दिएका थिए र सोमबारको कारबाहीमा यी अर्का कमाण्डर मारिएका छन् ।
सिरियाली सेनाले मारिएका ती कमाण्डर महमद अहमद अल–हलाक रहेको जनाएको छ । मारिएका ती कमाण्डर दक्षिणी सिरियाका एक खतरनाक कमाण्डर रहेका पनि समाचारमा जनाइएको छ ।
दक्षिणी सिरियाको दारा क्षेत्रको यारमाउकमा आइएसको एक तालिम केन्द्र रहेको छ र सो तालिम केन्द्रको प्रमुखका रुपमा यी कमाण्डरले काम गरिरहेका थिए ।
यहाँको सेनाले केही दिन यतादेखि सिरियाको दारा क्षेत्रमा आइएसका विरुद्धमा व्यापक मात्रामा कारबाही अघि बढाएको जनाएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया