खानेपानीको धारा जडान गर्न प्लम्बरले मागे पाँच हजार घुस

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा कार्यरत सिनियर प्लम्बर गणेश बहादुर खुलाल घुस लिएको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।
महांकाल चौरस्थित शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्बर रहेका खुलालले सेवाग्रहीसँग खानेपानी धारा जडान गरिदिन्छु भन्दै घुस मागेका थिए ।
खानेपानीको धारा जडान गरिदिने नाममा पाँच हजार रूपैयाँ मागेको भन्ने उजुरी परेपछि आयोगको टोलि टंगालबाट खटिएको थियो ।
घुस लिइसकेको अवस्थामा फेला परेको खुलालमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया