रविको दलले प्रदेशसभा निर्वाचनमा भाग नलिने
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने भएको छ । प्रदेश संरचना खर्चिलो भएको तर त्यसको तुलनामा कामयावी नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले भाग नलिने निर्णय गरेको हो ।
सो पार्टीका सभापति लामिछानेले नागरिकको आवाज सुनेपछि पार्टी केन्द्रीय समिति बैठकले प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको जनाएका छन् । प्रतिनिधिसभाको भने प्रत्यक्ष र समानुपातिक दुवैतर्फ स्वतन्त्र दलले प्रतिस्पर्धा गर्नेछ ।
‘नागरिकको आवाज सुनेपछि पार्टी केन्द्रीय समिति बैठकबाट प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरिएको छ,’ लामिछानेले भिडियो सन्देशमा लेखेका छन् ।
उनले नागरिकको आवाजअनुसार समाधानको उपाय खोज्ने पनि उल्लेख गरेका छन् । तर उपाय भने सुझाएका छैनन् ।
लामिछानेका अनुसार, प्रदेशसभा निर्वाचनमा भाग नलिने जानकारी निर्वाचन आयोगलाई गराइसकिएको छ ।
सञ्चारकर्मबाट चर्चित लामिछानेले केही महिनाअघि मात्रै नयाँ यात्रा थालनी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । आफ्नो दलको पक्षमा माहोल बनाउन अहिले लामिछाने देश दौडाहमा छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया