NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

ब्रेक भनेर एक्सिलेरेटर दबाएर दुर्घटना गराउने डिजी मन्त्रालय तानिए

काठमाडौं । सरकारी गाडी दुर्घटना गराउने पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारी मन्त्रालय तानिएका छन् । दुर्घटनाबारे छानबिन गर्नुपर्ने दबाब बढेपछि कृषि तथा पशुपन्छी मन्त्रालयले तिवारीलाई त्यहाँबाट तानेको हो ।

मन्त्रालयको प्रशासन महाशाखाले तिवारीलाई विभागको जिम्मेवारीबाट मुक्त गरेर बुधबार मन्त्रालय तानिएको जनाएको छ । तिवारी मन्त्रालय तानिए पनि विभागको महानिर्देशकको जिम्मेवारी भने कसैलाई पनि दिइएको छैन ।

तिवारीले यही साउन ४ गते हरिहर भवनस्थित पशु सेवा विभागको कार्यालय परिसरमा सवारी सिक्ने (हातसाफ) क्रममा बागमती पैदेशको बि.ए.बी १४५९ नम्बरको टोयोटा हाइलक्स गाडी गम्भीर दुर्घटना गराएका थिए । दुर्घटनाबाट लाखौं रूपैयाँबराबरको क्षति भएको छ ।

गाडीको बीमा नवीकरण नगरिएकाले उक्त गाडी मर्मत नगरी लिलामी गर्नुपर्ने अवस्था आएको विभागका अधिकारी बताउँछन् । यससम्बन्धी समाचार नेपालवाच डटकमले प्रकाशित गरेको थियो ।

डिजीले ब्रेक सम्झेर एक्सिलेटर दबाए, एफएम स्टेशन भत्कियो, गाडी क्षतविक्षत

ताजा अपडेट

नेपालवाच विशेष