पाटनमा कृष्ण जन्माष्टमीको तयारी

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीका उपलक्ष्यमा ऐतिहासिक पाटन दरवार स्थित कृष्ण मन्दिर परिसरमा भव्य तयारी गरिएको छ । भाद्र कृष्ण अष्टमीका दिन सो मन्दिरमा दर्शनार्थी भक्तजनको भुइचो लाग्ने गर्दछ ।
मंगल टोल सुधार संघका अध्यक्ष किरणमान प्रधानले दर्शनार्थी भक्तजनको सुबिधाका लागि तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘आज मध्यरातिदेखि नै मेला भर्न भक्तजन कृष्ण मन्दिर आउने भएकाले आवश्यक तयारीमा जुटेका हौ ’ दर्शनार्थीलाई सुव्यवस्थित मेला गराइने उनले बताए ।
महिला तथा पुरुष भक्तजनलाई छुट्टा छुट्टै लाइनमा राखिने कृष्ण मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायले बताए । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले मन्दिर परिस क्षेत्रमा आवश्यक शान्ति सुरक्षाको व्यवस्थासमेत मिलाइएको जानकारी दिए ।
गत वर्ष कोभिड महामारीका कारण सो मन्दिरमा मेला भर्न बन्द गरिएको थियो । पाटनमा उक्त मेलासँगै भीमसेन खटजात्रा, मच्छिन्द्रनाथ जात्रा एवं कार्तिक नाचसमेत मञ्चन गर्ने गरिन्छ । कृष्ण मन्दिर मुलुकको शिखर शैलीमा ढुंगैढुंगाबाट निर्मित २१ गजुर भएको एक मात्रै धार्मिक तीर्थस्थल हो ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया