NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

पाटनमा कृष्ण जन्माष्टमीको तयारी 

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीका उपलक्ष्यमा ऐतिहासिक पाटन दरवार स्थित कृष्ण मन्दिर परिसरमा भव्य तयारी गरिएको छ । भाद्र कृष्ण अष्टमीका दिन सो  मन्दिरमा दर्शनार्थी भक्तजनको भुइचो लाग्ने गर्दछ ।

मंगल टोल सुधार संघका अध्यक्ष किरणमान प्रधानले दर्शनार्थी भक्तजनको सुबिधाका लागि तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘आज मध्यरातिदेखि नै मेला भर्न भक्तजन कृष्ण मन्दिर आउने भएकाले आवश्यक तयारीमा जुटेका हौ ’ दर्शनार्थीलाई सुव्यवस्थित मेला गराइने उनले बताए ।

महिला तथा पुरुष भक्तजनलाई छुट्टा छुट्टै लाइनमा राखिने कृष्ण मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायले बताए । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले मन्दिर परिस क्षेत्रमा आवश्यक शान्ति सुरक्षाको व्यवस्थासमेत मिलाइएको जानकारी दिए ।

गत वर्ष कोभिड महामारीका कारण सो मन्दिरमा मेला भर्न बन्द गरिएको थियो । पाटनमा उक्त मेलासँगै भीमसेन खटजात्रा, मच्छिन्द्रनाथ जात्रा एवं कार्तिक नाचसमेत मञ्चन गर्ने गरिन्छ । कृष्ण मन्दिर मुलुकको शिखर शैलीमा ढुंगैढुंगाबाट निर्मित २१ गजुर भएको एक मात्रै धार्मिक तीर्थस्थल हो ।