एक वर्षपछि ३१ कर्मचारीको बढुवा बदर

काठमाडौं । आफूखुसी कानून बनाएर कर्मचारीको बढुवा गर्ने प्रदेश १ का स्थानीय तहको निर्णय बदर भएको छ । प्रदेश लोक सेवा आयोगले तीन नगरपालिकाले आफूखुसी कानून बनाएर गरेको कर्मचारीको बढुवा बदर गरेको हो ।
झापाको दमक र शिवसताक्षी नगरपालिका तथा धनकुटा नगरपालिकाले बढुवा गरेका कर्मचारीको बढुवा बदर भएको प्रदेश लोक सेवा आयोगका प्रवक्ता तीर्थप्रसाद धितालले जानकारी दिए । यी नगरपालिकाले प्रदेश लोक सेवा आयोगसँग समन्वय र परामर्श नदिई प्रचलित कानूनविपरीत कर्मचारीको बढुवा गरेकाले बदर गरिएको उनले बताए ।
बढुवा भएका स्थानीय तहबाट कागजात मगाएर मुख्य न्यायाधिवक्ताको कार्यालयको परामर्शमा ती स्थानीय तहले गरेको बढुवा बदर गर्ने निर्णय भएको उनको भनाइ छ ।
नेपालको संविधान र प्रदेश लोक सेवा आयोग ऐनविपरीत स्थानीय तहले बढुवा गरेका कारण बदर गर्नुपरेको धितालले बताए । प्रदेश लोक सेवा आयोग ऐनमा बढुवाका लागि स्थानीय तहले अनिवार्य प्रदेश लोक सेवासँग परामर्श गर्नुपर्ने उल्लेख छ ।
दमक नगरपालिकाले गत वर्ष संघीय निजामती ऐन नबन्दै ३१ जना कर्मचारीको बढुवा गरेको थियो ।
बढुवा बदर भएसँगै कर्मचारी अदालत पुगेका छन् । स्थानीय तहले ऐन बनाएर बढुवा गर्दा पनि प्रदेश लोक सेवा आयोगले अन्याय गरेको भन्दै आयोगविरुद्ध उनीहरूले रिट हालेका हुन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया