पल शाहलाई पक्राउ गर्न प्रहरीले खटायो पाँच टोली
काठमाडौं । एक किशोरी गायिकामाथि बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई पक्राउ गर्न नेपाल प्रहरीका पाँच टोली परिचालनक गरिएको छ ।
पीडित गायिकाका बुवाले बुधबार शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गरेसँगै उनीविरुद्ध प्रहरी परिचालन गरिएको हो ।
जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले उनीबारे अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।
अभिनेता शाह अहिले मोबाइल बन्द गरेर बसेको बताइएको छ । उनी अहिले काठमाडौंमै रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया