NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

जब मदिरामा लठ्ठ भएर प्रधानमन्त्री नाँच्न थालिन् (भिडियोसहित)

भिडियो बाहिरिएपछि सन्ना तनावमा, भनिन्- ड्रग टेस्टका लागि तयार छु

एजेन्सी । फिनल्याण्डमा सबैभन्दा कान्छी प्रधानमन्त्रीको रूपमा ख्याती कमाएकी सन्ना मारिन पार्टीमा नाचेको भिडियो सार्वजनिकपछि उनको आलोचना सुरु भएको छ । एक प्रधानमन्त्रीको हैसियतले उनले भिडियोमा गरेको नृत्यलाई त्यहाँका विपक्षी दलका नेताहरूले ‘गैरजिम्मेवार’ को संज्ञा दिइरहेका छन् ।

३६ वर्षीया मारिन उक्त पार्टीमा नाचेका भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले आफ्ना केही साथीहरूका लागि निजी निवासमा पार्टी राखेकी थिइन् । केहीबेरपछि साथीहरूमाझ उत्सव मनाएर रक्सीको तालमा नाचिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो । पार्टीमा उनी रक्सीको नशामा देखिन्छिन् ।

सबैतिर आलोचनासँगै उनीमाथि विपक्षी दलका नेताले ड्रग्स सेवन गरेको आरोप पनि लगाएका छन् । पार्टीको भिडियो लिक भएसँगै विपक्षी दलका नेता मिक्को कर्णले उनीमाथिको ड्रग्स सेवनको आरोप लगाएका हुन् । उक्त आरोपको खण्डन गर्दै मारिन आफूले पार्टीमा रक्सी सेवन गरेको भएपनि ड्रग्स सेवन गरेकोबारे विषय गलत भएको बताएकी छन् ।

यसको लागि आफू ‘ड्रग्स टेस्ट’ गर्नसमेत तयार रहेको उनको अडान छ । त्यो साँझ उनी आफ्ना केही साथीहरूसँग समय बिताइरहेको र त्यहीबेलामा खिचिएको निजी भिडियोहरू सार्वजनिक भएको उनको भनाई छ ।

उनी सम्बद्ध सोसल डेमोक्र्याटिक पार्टीले मारिनको उक्त भिडियोमा कुनै ठूलो समस्या नरहेको स्पष्टिकरण दिएको छ । उनले साथीहरूसँग आफ्नो निजी समयमा नृत्य गर्नाले कुनै समस्या नभएको पार्टीको भनाई छ । तर, विपक्षी दलका नेताहरूले उनको कार्यलाई ‘गैरजिम्मेवार’ र एक प्रधानमन्त्रीको हकले ‘अनुपयुक्त व्यवहार’ भएको दाबी गरिरहेका छन् ।

मारिन सन् २०१९ डिसेम्बरमा फिनल्याण्डकी सबैभन्दा कान्छी प्रधानमन्त्री बनिन् । यसअघि पनि कोरोना महामारीको समयमा क्लब पुगेकी मारिनले सार्वजनिक माफी मागेकी थिइन् ।