सिट बाँडफाँटको साझा अवधारणा बनाउने जिम्मा सिटौलालाई
काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि साझा अवधारणा बनाउने जिम्मेवारी कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदललाई दिर्ने निर्णय गरेको छ ।
शुक्रबार बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘शीर्ष तहका नेतालाई कार्यदलले सम्पादन गरेको कार्य विवरण बुझायो, यसबारे छलफल भएको छ । नेतालाई चाँडै कार्य सम्पादन गरेर अगाडि जाने निर्देशन भएको छ ।’
साथै, साझा अवधारणा बनाउने जिम्मेवारी पनि कार्यदलका नेतालाई प्रदान भएको उनले जानकारी दिए ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा शीर्ष नेताले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट लगायतका कार्य चाँडै सम्पादन एवम् सम्पन्न गर्न निर्देशन भएको उनले बताए ।
बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया