सोमालियाको होटलमा चरमपन्थीको आक्रमण, ९ जना मारिए
काठमाडौं । पूर्वी अफ्रिकी देश सोमालियाको अतिवादी समूह अल–शबाबले राजधानी मोगादिसुको एउटा होटल कब्जा गरेको छ ।
प्रहरीका अनुसार आक्रमणकारीले होटलमा प्रवेश गर्नुअघि भवन बाहिर दुईवटा ठूला विस्फोट गराउँदै गोली प्रहार गरेका थिए । आक्रमणमा ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अल–शबाबले आफ्नो बयानमा होटल कम्प्लेक्स आफ्नो कब्जामा लिएको दाबी गरेको छ।
मोगादिसुको एम्बुलेन्स सेवाका एक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई आक्रमणमा नौ जना घाइते भएको र उनीहरूलाई होटलबाट बाहिर निकालिएको बताएका छन् ।
अप्रमाणित भिडियो र फोटोहरू सामाजिक सञ्जालमा बढ्दो रूपमा शेयर भइरहेका छन्, जसमा होटलबाट धुवाँ र ठूलो विस्फोटको आवाज सुन्न सकिन्छ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया