श्रीलंकामा करिब ५० हजार डेंगु संक्रमित
काठमाडाैं । श्रीलंकामा सन् २०२२ को आठ महिनामा करिब ५० हजार डेंगुका बिरामी फेला परेको राष्ट्रिय डेंगु नियन्त्रण एकाइ ९एनडीसीयू० ले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार पछिल्लो आठ महिनामा ४९ हजार ९४१ जना डेंगुको उपचारका लागि अस्पताल भर्ना भएका छन् ।
कोलम्बो, गाम्पाहा र कालुतारा जिल्लासहित पश्चिमी प्रान्तमा कूल संक्रमितमध्ये ५० प्रतिशत भेटिएका छन् ।
कोलम्बो नगर परिषद् (सीएमसी) का प्रमुख मेडिकल अफिसर रुवान विजेमुनिले कोलम्बोमा १२ हजार ७५४, गाम्पाहामा सात हजार ४९६ र कालुतारामा चार हजार ७३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
डेंगु सार्ने लामखुट्टे नियन्त्रणका लागि प्रयोग हुने रसायन र कीटनाशक औषधि खरिदका लागि सिएमसीसँग रकम अभाव हुँदा वार्षिक लामखुट्टे नियन्त्रण कार्यक्रममा विभिन्न चुनौतीको सामना गर्नुपरेको विजेमुनिले बताए । विजेमुनीका अनुसार डेंगुका बिरामी सामान्यतया जून र अगस्ट तथा नोभेम्बरदेखि जनवरीको बीचमा बढ्ने गरेका छन् ।
इन्धन अभावका कारण पनि लामखुट्टे उन्मूलन अभियान प्रभावित भएको उनले बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया