चुनावी रणनीति तय गर्न एमाले स्थायी समिति बैठक बस्दै
काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबारे रणनीति तय गर्न नेकपा एमालेको स्थायी समिति बैठक आज बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा अहिले बिहान ११ बजेका लागि तय छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आजको बैठककाे मूल एजेण्डा रहेकाे जानकारी दिए ।
सरकारले आगामी मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेपछि सत्तासाझेदार दल रणनीति बनाएर सिटबाँडफाँटमा जुटे पनि एमालेले औपचारिक रूपमा ठाेस रणनीति तय गर्न सकेकाे छैन । आज बस्ने स्थायी समिति बैठकमा गठबन्धनलगायत सम्भावित चुनावी रणनीतिबारे छलफल हुने बताइएको छ । सत्तासाझेदार दलको गठबन्धनमा नमिसिएका दलसँग गठबन्धन गर्ने एमालेको रणनीति छ । राप्रपासँगै उसले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई आफूतिर तान्ने प्रयास गरिरहेको छ । राप्रपा यसमा सकारात्मक भए पनि लोसपाको नजर सत्तागठबन्धनतर्फ छ ।
त्यसैगरी, आजको बैठकमा चुनावी घोषणापत्र निर्माण, उम्मेदवारको छनोट मापदण्डबारे पनि ठोस छलफल हुने कार्यालय सचिव डा. अधिकारीले नेपालवाचलाई जानकारी दिए ।
नेकपा एमालेले आगामी निर्वाचनको घोषणापत्र निर्माणका लागि केपी ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति निर्माण गरेको छ ।
स्थायी समिति बैठकले आज गरेका निर्णय पोलिटब्युरो र केन्द्रीय समितिमा लगेर अनुमोदन गर्ने एमालेको तयारी छ । त्यसका लागि उसले भदौ ९ मा पोलिटब्युरो तथा १० र ११ गते केन्द्रीय समिति बैठक डाकेको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया