काठमाडौं मलमा बालेनले डोजर चलाएपछि…
काठमाडाैं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलको अनधिकृत संरचना डोजर लगाएर भत्काइदिएको छ । बुधबार महानगरका मेयर बालेन्द्र शाह (बालेन) सहितको टोलीले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो ।
संरचना भत्काउने क्रममा बालेनसहित उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआइजी मीरा चौधरीसमेत उपस्थित थिइन् । काठमाडौं मलमा कर्मचारी सञ्चय कोषको स्वामित्व छ ।

यसअघि सोमबार महानगरले बानेश्वर क्षेत्रमा अन्य रूपमा प्रयोजन भइरहेका पार्किङ संरचना भत्काएको थियो । महानगरले ३५ दिने सूचना दिँदा पनि अटेरी गरेपछि अनधिकृत संरचना भत्काएको जनाएको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया