‘एक्सन’मा उत्रिएका बालेनले भने : बानेश्वरबाट कारबाही सुरु गरेका छौँ, बिस्तारै सबैतिर पुग्छ (६ तस्बिरसहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले पार्किङलाई व्यवस्थित गर्ने काम आज बानेश्वर क्षेत्रबाट सुरु गरेको बताउँदै यो बिस्तारै सबैतिर पुग्ने जानकारी दिएका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत पार्किङका लागि बनाइएका संरचनाहरू पार्किङमा नै प्रयोग गरिदिन आग्रह गरेका छन् ।
‘यसो भएमा शहरमा पार्किङ समस्याको वास्तविकता पहिचान हुनेछ । सडकमा पार्किङ गर्नु पर्ने बाध्यता कम हुनेछ भने महानगरलाई पार्किङ व्यवस्थापनका लागि योजना बनाउन सहज हुनेछ,’ उनले लेखेका छन् ।

आजको बानेश्वरबाट सुरुवात गरिएको कामलाई कारबाहीभन्दा पनि महानगरप्रतिको जिम्मेवारीले आफू सचेत बनिदिनु हुन्छ भन्ने विश्वास आफूले लिएको मेयर शाहले बताएका छन् ।
‘अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएको छ । पार्किङ भनेर नक्सा पास भएका तर अन्यरुपमा प्रयोग भएका संरचनाको अनुगमन, खोजी र कारबाही सुरु भएको,’ उनले लेखेका छन् ।

काठमाडौं महानगरपालिकाले आजदेखि भवनको नक्सापास भए अनुसार प्रयोग नभएका संरचना भत्काउन सुरु गरेको हाे ।

अण्डरग्राउण्ड पार्किङ गर्ने भनेर अरु प्रयोजनका लागि प्रयोग भइरहेको बानेश्वरको एउटा संरचना भत्काइएको छ ।

मेयर शाह आज आफैँ कार्यस्थलमा उत्रिएका थिए ।
बालेनले गरे हर्कलाई कूटनीतिक सम्बोधन : फोहर व्यवस्थापनमा देखाएको चासो सह्रानीय छ
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया