NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

‘एक्सन’मा उत्रिएका बालेनले भने : बानेश्वरबाट कारबाही सुरु गरेका छौँ, बिस्तारै सबैतिर पुग्छ (६ तस्बिरसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले पार्किङलाई व्यवस्थित गर्ने काम आज बानेश्वर क्षेत्रबाट सुरु गरेको बताउँदै यो बिस्तारै सबैतिर पुग्ने जानकारी दिएका छन् ।

May be an image of 10 people, people standing and outdoors

उनले आज सामाजिक सञ्जालमार्फत पार्किङका लागि बनाइएका संरचनाहरू पार्किङमा नै प्रयोग गरिदिन आग्रह गरेका छन् ।

‘यसो भएमा शहरमा पार्किङ समस्याको वास्तविकता पहिचान हुनेछ । सडकमा पार्किङ गर्नु पर्ने बाध्यता कम हुनेछ भने महानगरलाई पार्किङ व्यवस्थापनका लागि योजना बनाउन सहज हुनेछ,’ उनले लेखेका छन् ।

May be an image of 5 people, people standing and street

आजको बानेश्वरबाट सुरुवात गरिएको कामलाई कारबाहीभन्दा पनि महानगरप्रतिको जिम्मेवारीले आफू सचेत बनिदिनु हुन्छ भन्ने विश्वास आफूले लिएको मेयर शाहले बताएका छन् ।

‘अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएको छ । पार्किङ भनेर नक्सा पास भएका तर अन्यरुपमा प्रयोग भएका संरचनाको अनुगमन, खोजी र कारबाही सुरु भएको,’ उनले लेखेका छन् ।

May be an image of 2 people

काठमाडौं महानगरपालिकाले आजदेखि भवनको नक्सापास भए अनुसार प्रयोग नभएका संरचना भत्काउन सुरु गरेको हाे ।

May be an image of 4 people

अण्डरग्राउण्ड पार्किङ गर्ने भनेर अरु प्रयोजनका लागि प्रयोग भइरहेको बानेश्वरको एउटा संरचना भत्काइएको छ ।

 

May be an image of 4 people, beard, people standing and outdoors

मेयर शाह आज आफैँ कार्यस्थलमा उत्रिएका थिए ।

एक हप्ताभित्र सबै फोहर व्यवस्थापन गर्न बालेनको निर्देशन

बालेनले गरे हर्कलाई कूटनीतिक सम्बोधन : फोहर व्यवस्थापनमा देखाएको चासो सह्रानीय छ