यही हो अल्फाबिटाको विवादित संरचनाको नक्सा
काठमाडौं । अनधिकृत रुपमा संरचना बनाएको पाइएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज बिहान बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा दलबलसहित गए ।
यसै क्रममा अल्फाबिटाका सञ्चालक द्विराज शर्मा सिवाकोटीले आफूहरूलाई सूचना नै नभएको भन्दै बालेनसँग उल्टै प्रश्न गरेका थिए । तर बालेनले पत्रिकामा ३५ दिने सूचना निकालेको भन्दै अनधिकृत संरचना हटाएर सहयोग गर्न आग्रह गरेका हुन् ।
बालेनले एउटा काम गर्ने भनेर अर्कै काम गरेको पाइएको भन्दै संरचना हटाइने जानकारी दिएका थिए । सोहीबेला सञ्चालक सिवाकोटीले नक्सा विवाद झिकेका थिए ।
तर, न त्यहाँ बालेनसँग नक्सा थियो न सञ्चालक सिवाकोटीसँग थियो ।
नक्सा नहुँदा झनै विवाद चुलिएको थियो ।
यसैबीच, विवाद भएको अल्फाबिटाको उक्त संरचनाको नक्सा बाहिरिएको छ ।
यस्तो छ नक्सा :


पार्किङका लागि बनाइएको बेसमेन्टमा व्यवसाय संचालन गर्न दिने अल्फाबिटाका संचालकलाई बालेनले थर्काएपछि …
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया