प्रचण्डको दाबी : भदौ १५ सम्म सिट बाँडफाँटको टुंगो लाग्छ
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलभित्र सिट बाँडफाँटमा कुनै समस्या नभएको जिकिर गरेका छन् ।
उनले बाहिर हल्ला गरिएजस्तो सिट बाँडफाँटमा कुनै समस्या नदेखिएको भन्दै १५ भदौभित्र निष्कर्षमा पुग्ने दाबी गरे ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘बाहिर हल्ला भएकोजस्तो गठबन्धनभित्र सिट बाँडफाँटमा सकसपूर्ण अवस्था छैन । १५ भदौभित्र हामी यो विषय टुंग्याउँछौं ।’
त्यस्तै उनले राष्ट्रपतिको कदम स्वभाविक नदेखिएको बताएका छन् । संसदले प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक फिर्ता पठाउने, सेनाका अधिकारीसँग भेटघाट गर्ने काम राष्ट्रपतिबाट भइरहेको भन्दै प्रचण्डले असन्तुष्टि व्यक्त गरे ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया