महाअभियोग निष्क्रिय भइसक्यो : चोलेन्द्र

काठमाडौं । निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो महाअभियोग प्रस्ताव निष्क्रिय भएको दाबी गरेका छन् छन् । महाअभियोग सिफारिस समितिमा बयान दिन गएका उनले सो दाबी गरेका हुन् ।
साथै उनले आफू संसदको सम्मानका लागि मात्र आएको बताएका छन् ।
महाअभियोग प्रस्तावमा संसदले संविधान र संसद नियमावली पालना नगरेको उनको टिप्पणी छ ।
सत्तासाझेदार दलले गत फागुन १ गते जबराविरुद्ध महाभियोग दर्ता गरेपछि उनी निलम्बित छन् ।
प्रतिक्रिया