खाली गराउन थालियो असन र इन्द्रचोकका फुटपाथ

काठमाडौं । काठमाडौं महानगरपालिकाले असन र इन्द्रचोक क्षेत्रका फुटपाथको व्यापार हटाउन थालेको छ ।
महानगरले आजदेखि फुटपाथमा राखिएका पसलहरू हटाउन सुरु गरेको हो ।
असन र इन्द्रचोक क्षेत्रमा पैदल यात्रुलाई नै हिड्न अफ्ठ्यारो हुनेगरी फुटपाथमा राखिएका भाँडाकुँडा, क्रिष्टलका सामग्री, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्री बुधबार बिहानसम्म हटाउन निर्देशन दिइएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
यतिबेला महानगरले बुधबारसम्ममा फुटपाथका सामग्री नउठाए आफैँले हटाउने भन्दै माइकिङ गरिरहेको छ ।
ती क्षेत्रमा रहेका अव्यवस्थित पार्किङ, मन्दिर वरिपरिका व्यवसाय हटाइरहेको महानगरले अब फुटपाथ खाली गराउन थालेको हो ।
प्रतिक्रिया