कमल थापाले गाई नपाउने
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले गाई चुनाव चिन्ह नपाउने भएको छ । गाई चिन्ह पाउनुपर्ने माग राखी अध्यक्ष थापाले सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएपछि नपाउने निश्चित भएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले थापाले दर्ता गरेको रिट निवेदन खारेज हुने आदेश गरेको हो । यो आदेशसँगै उनलाई गाई निर्वाचन चिन्ह नदिने भनी निर्वाचन आयोगले गरेको निर्णय यथावत रहने भएको छ ।
गाई राष्ट्रिय जनावर भएकाले सर्वोच्चले उक्त चिन्ह कुनै पनि पार्टीलाई नदिने निर्णय गरेको बताइएको छ ।
राष्ट्रिय पहिचान भएका जनावर र पंक्षी जनिने चिन्ह कुनै पनि दललाई निर्वाचन चिन्हका रुपमा प्रदान नगरिने भनी निर्वाचन आयोगले निर्णय गरेको थियो । आयोगको उक्त निर्णयविरुद्ध राप्रपा नेपाल सर्वोच्च अदालत गएको थियो ।
ताजा अपडेट
-
नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्य हुने
-
राष्ट्रिय बीमा कम्पनीको उपशाखा डोटीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न
-
बेलायतमा नौ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामा प्रतिबन्ध लगाइने
-
नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा शर्मा नियुक्त
-
दुई जना सहसचिव सचिवमा बढुवा
प्रतिक्रिया