जबरासँग आज पनि समितिले बयान लिँदै
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग आज पनि संसदीय छानबिन समितिले बयान लिने भएको छ ।
समितिका अनुसार, अहिले अपराह्न साढे १२ बजे बयान लिने तय भएको छ ।
समितिले यसअघि पनि जबरासँग बयान लिएको थियो । तर जबराले बयानका क्रममा आफूमाथि उठेका प्रश्नको जवाफ दिनुको साटो अन्यलाई आक्षेप लगाउने तथा समितिको औचित्यमाथि नै प्रश्न उठाउने काम गरेका थिए ।
जबराविरुद्ध गत फागुन १ मा सत्तारूढ दलका सांसदहरूले संसदमा महाभियोग दर्ता गराएका थिए । त्यसको झण्डै साढे ५ महिनापछि संसद्ले यसमाथिको प्रक्रिया थालेको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया