सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जासम्बन्धी सम्झौता
काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका कृषि कर्जाको सुरक्षण सम्बन्धी सम्झौता भएको छ ।
यस सम्झौताअनुसार बैंकले कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका ३ करोडसम्मको कृषि कर्जाको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्तर्गत हुनेछ । यस सम्झौतापश्चात कृषि कर्जा प्रवाहको जोखिम थप न्युनिकरण भई कर्जा प्रवाहमा वृद्धि हुने बैंकले अपेक्षा गरेको छ ।
उक्त सम्झौतापत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र बैंकको तर्फबाट उप-महाप्रबन्धक अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा कोषको प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, विष्णुमणी अधिकारी, सेञ्चुरी कमर्सियल बैंकका कृषि तथा विपन्न कर्जा विभाग प्रमुख प्रविन कुमार दाहाल तथा बजारिकरण विभागका गणेश सुवेदीको उपस्थित रहेको थियो ।
यस्तै, बैंकले १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया