पाकिस्तानमा ६ महिनामा २ हजारभन्दा बढी बाल दुर्व्यवहारका मुद्दा दर्ता
एजेन्सी । पाकिस्तानमा गत ६ महिनामा दुई हजारभन्दा बढी बाल दुर्व्यवहारका घटनाहरू दर्ता भएका छन् । यो आँकडाले देशमा बढ्दो बालअधिकार उल्लङ्घन र बालदुर्व्यबहारको गम्भीर अवस्थालाई उजागर गरेको छ।
एक गैर–सरकारी संस्थाको प्रतिवेदन उद्धृत गर्दै पाकिस्तानी अखबार द न्युज इन्टरनेशनलले सार्वजनिक गरेको तथ्याङ्कले गत छ महिनामा केटा र केटी दुवैसँग लगभग दुई हजार २२१ बाल दुर्व्यवहारका घटनाहरू दर्ता भएका छन्। बालबालिकामाथि हुने यौन दुर्व्यवहारको तथ्याङ्क विभिन्न ७९ पत्रपत्रिकाबाट सङ्कलन गरिएको थियो । द न्युज इन्टरनेशनलले जनाएअनुसार अधिकांश घटनाहरूलाई बलात्कार, यौन दुर्व्यवहार र अपहरणको रूपमा वर्गीकृत गर्न सकिने खालका छन् ।
न्युज इन्टरनेशनलले लैङ्गिक विभाजनको विश्लेषणलाई उद्धृत गर्दै केटीहरूमा बाल यौन दुर्व्यवहारका घटनाहरू केटाहरूको तुलनामा बढी पाइएको छ।
प्रकाशनले सङ्कलन गरेको तथ्याङ्कअनुसार दुर्व्यवहार भोग्न वाध्य कुल २ हजार २ सय ११ बालबालिकामध्ये १ हजार ४ जना केटा र १ हजार २०७ केटी रहेका छन् ।
प्रतिवेदनमा झण्डै ८०३ बालबालिका अपहरण भएको र तीमध्ये २९८ केटा र २४३ केटीहरू रहेका थिए । ती मध्ये प्रायः कि त बलात्कृत वा यौन दुर्व्यवहारबाट पीडित भएको र १२८ बालबालिकाको सामूहिक बलात्खरत र अप्राकृतिक मैथुनको शिकार भएको बताइएको छ ।
घटनाहरूमध्ये पञ्जाबमा सबैभन्दा धेरै १,५६४, सिन्धमा र ३३८ इस्लामाबादमा दर्ता भएका छन् । सो प्रतिवेदनमा झण्डै ५२ प्रतिशत घटनाहरू शहरी क्षेत्रबाट र ४८ प्रतिशत ग्रामीण क्षेत्रबाट रिपोर्ट गरिएको थियो।
ह्युमन राइट्स वाचले आफ्नो वार्षिक विश्व प्रतिवेदन २०२२ मा पाकिस्तानमा बालबालिकासहित महिलाविरुद्ध व्यापक अधिकार हननका घटनाहरूको उल्लेख गरेको छ, जसले विश्व महिला, शान्ति र सुरक्षा सूचकाङ्कमा १७० देशहरूमध्ये १६७ औँ स्थानमा रहेको देखाएको छ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया