चिनियाँ नेताको भ्रमण : जनताले भोगे सास्ती (फोटो फिचर र भिडियोसहित)
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शुको सवारीका क्रममा सर्वसाधारणले सास्ती भोगेका छन् ।

सोमबार नेपाल भ्रमण आएका उनी आज बिहान कार्यालय समयमा अर्थात ९–१० बजेतिर भक्तपुरको भ्रमणमा गएका थिए ।

सो बेला घण्टौं जाम हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो ।

आज तेस्रो दिन बिहानदेखि दिनभरी नै सवारी प्रभावित भएका थिए ।

जाम भएका कारण एम्बुलेन्ससमेत रोकिएका देखिन्थे ।

मंगलबार पनि यस्तै स्थिति थियो ।


जनकंग्रेसका अध्यक्ष लीको सवारी चलिरहँदा पैदलयात्रुलाई समेत हिड्न रोक लगाइएको थियो ।


भिआइपीको भ्रमणबारे आफूलाई जानकारी नभएको भन्दै कतिपय सर्वसाधारणले आक्रोश पाखेका थिए ।

यस्ता भ्रमणमा सरकारले वैकल्पिक उपाय अपनाउनुपर्ने उनीहरूको भनाइ थियो ।

हेरौं भिडियो पनि !
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया