प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति पुटिनलाई भेट्ने
काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले साङ्घाई सहयोग सङ्गठन सदस्य राष्ट्रहरु को प्रमुखहरूको परिषद्को २२ औं शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेट गर्नेछन् । उज्बेकिस्तानको समरकन्दमा भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले बिहीबार भनेका छन् ।
रुसका राष्ट्रपति पुटिनले आगामी साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने भएका छन् । प्रधानमन्त्री मोदी पनि जाँदै छन् । हामीले पहिले नै घोषणा गरिसकेका छौं कि समरकन्दमा प्रधानमन्त्री मोदीसहित धेरै बैठकहरू हुनेछन्, ‘अलीपोभले एएनआईसँगको अन्तर्वार्तामा भनेका छन् । कोभिड-१९ महामारीको दुई वर्षपछि उज्बेकिस्तानको समरकन्दमा बिहीबारदेखि सुरु हुँदैछ ।
एससीओ धेरै सफल भएको छ । यो विभिन्न संयन्त्रहरू र विभिन्न ट्र्याकहरूमा व्यापक सहयोगको साथ स्थापित संस्था हो । एससीओ सङ्गठनअन्तर्गत सयौं संयन्त्रहरू काम गर्दछ, राजनीतिक मामिला र सुरक्षासँग सम्बन्धित मामिलाहरूमा मात्र होइन, तर मुख्य रूपमा आर्थिक क्षेत्रमा व्यापारमा र सदस्य देशका जनताका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने गरेको रुसी राजदूतले भनेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया