NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

राष्ट्रपति र माधव नेपालमाथि बालेनले किन उठाए गम्भीर सवाल ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति विद्यादेवी भण्डारी र नेता माधव नेपाललाई कुन मुख लिएर जनतासामु भोट माग्न जानुहुन्छ भन्दै प्रश्न उठाएका छन् ।

सामाजिक संजालमा लेख्दै बालेनले आफ्नै क्षेत्रमा पर्ने तीनकुनेको जग्गाको समाधान पटकपटक हस्ताक्षर गरेर पनि समाधान नगरेको आरोप लगाएका हुन् ।

यही क्षेत्रबाट चुनाव जितेपनि ५० वर्षदेखिको तीनकुनेको जग्गाको समाधान हस्ताक्षर गरेर पनि समाधान नगरेको आरोप लगाएका हुन् ।

‘आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’ बालेनले भनेका छन् ।