वरिष्ठ पत्रकार गौतमको निधन
काठमाडौं । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । भक्तपुर निवासी ७८ वर्षीय गौतमको उपचारका क्रममा आज ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा निधन भएको हो ।
नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीका अनुसार गौतमलाई निमोनियाको समस्या देखिएपछि उपचारका लागि बीएण्डबी अस्पताल भर्ना गरिएको थियो ।
नेपाल पत्रकार महासङ्घका पूर्वकार्यबहाक अध्यक्ष तथा सम्पादक समाजका पूर्वअध्यक्षसमेत रहेका गौतमक श्रीमती र दुई छोरा छन् । उनी काठमाडौंको कमलपोखरीमा जन्मिएका थिए । नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाका सदस्य गौतमको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया