बेलायतकी नयाँ प्रधानमन्त्री अमेरिकासँगको व्यापार सम्झौताको विपक्षमा
एजेन्सी । बेलायतकी नयाँ प्रधानमन्त्री लिज ट्रसले अमेरिकासँग आफ्नो देशले निकट भविष्यमा व्यापार सम्झौता गर्ने अपेक्षा आफूले नगरेको बताएकी छिन् ।
बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएपछि आफ्नो पहिलो विदेश भ्रमाणका क्रममा अमेरिका गएकी उनले आफ्नो भ्रमण दलमा रहेका पत्रकारहरूसँग विमानमा कुरा गर्दै वर्षौँसम्म बेलाइत र अमेरिकाबीच स्वतन्त्र व्यापार सम्झौता नहुने स्पष्ट गरिन् ।
अमेरिकासँगको व्यापार सम्झौता आफ्नो प्राथमिकता नभएको पनि उनले बताइन् ।
संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा भाग लिन गएकी उनले आफ्ना पूर्ववर्ती कन्जरभेटिभ पार्टीका बोरिस जन्ससन र थेरेसा मेका अडानविपरीत अमेरिकासँगको व्यापार सम्झौतालाई प्राथमिकता दिएकी छैनन् ।
युरोपेली सङ्घबाट बाहिरिँदा दुवै प्रधानमन्त्रीले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रसँग व्यापार सम्झौता गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रधामन्त्री ट्रसले भारत, साउदी अरब, कतारलगायत गल्फ कोअपरेसन काउन्सिलका सदस्य राष्ट्रसँग व्यापार सम्झौता पहुँच विस्तार आफ्नो प्राथमिकता भएको बताइन् ।
दुई साताअघि प्रधानमन्त्रीको कार्यभार सम्हालेकी उनले बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नेछिन् । उनीहरूबीच गत सोमबार महारानी एलिजाबेथको अन्त्येष्टिका बेला लण्डनमा भेट भएको थियो ।
राष्ट्रपति बाइडेनसँग बुधबार हुने भेटले अधिनायकवादीहरूका विरुद्ध बेलायत र अमेरिका एकसाथ रहेका तथा सामुहिकरूपमा रूसी आक्रमणविरुद्ध उभिन बेलाइत–अमेरिका समर्थ छन् भन्ने सन्देश गर्ने प्रधानमन्त्री ट्रसले बताइन् ।
युक्रेनमाथि रूसले आक्रमण गरेपछि विश्वव्यापीरूपमा उत्पन्न चुनौती समान गर्न अमेरिकाजसता सहयोगीका साथै फ्रान्स, युरोपेली सङ्घ, बाल्टिक देशसँग सहकार्य गर्न चाहेको उहाँले बताउनुभयो । बेलायत र अमेरिकाले युक्रेन युद्ध, रूस र चीनप्रति समान धारणा एवम् अडान राखेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया