स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका अब्दुस एमाले प्रवेश

काठमाडौं । आगामी प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नंबर ६ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका अब्दुस मियाँ नेकपा एमाले प्रवेश गरेका छन् ।
विवेकशील साझा पार्टीका सचिवालय सदस्यसमेत रहेका मियाँले केही समयअघिमात्रै स्वतन्त्र उम्मेदवारी घोषणा गरेर पार्टी त्याग गरेका थिए ।
आज उनलाई च्यासलस्थित पार्टी कार्यालयमा आयोपजत एक कार्यक्रममा एमाले प्रवेश गराइएको हो । उनीसँगै पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले पनि एमाले प्रवेश गरेका छन् ।
प्रतिक्रिया