धनकुटामा माओवादी केन्द्रका नेताहरूले गरे विद्रोह, भण्डारीद्वारा उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र), धनकुटाका नेताहरुले सामुहिक पार्टीबाट विद्रोह गरेका छन् ।
आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँट गर्दा धनकुटाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादीले नपाउने भएपछि उनीहरूले विद्रोह गर्दै आइतबार सामुहिक राजीनामा घोषणा गरेका छन् ।
पार्टीका पोलिटब्युरो सदस्य हेमराज भण्डारीसहित केन्द्रीय सदस्य धनमाया विक र प्रदेश सहसचिव ऋषिराम ढुंगानालगायत १४ जना प्रदेश सदस्य र जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरुले राजीनामा दिएका हुन् ।
राजीनामा दिएसँगै भण्डारीले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
पार्टीका निवर्तमान जिल्ला संयोजक डिल्लीराम राईले आइतबार एक विज्ञप्ति जारी गर्दै भण्डारीको उम्मेदवारीलाई समर्थन गरेको जनाएका छन् ।
धनकुटामा एउटैमात्र संघीय निर्वाचन क्षेत्र छ । जहाँ कांग्रेसबाट सुनिलबहादुर थापा र जसपाका रकम चेम्जोङले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दाबी गरेका छन् ।
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया