NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

विश्वका यी तीन देशमा निर्यात हुन्छ नेपाली रुद्राक्ष

काठमाडौं । चालु आर्थिक वर्ष ७९/८० को दुई महिनामा ३६ लाख रुपैयाँ बराबरको रुद्राक्ष निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार दुई महिनामा ३६ लाख ६६ हजार रुपैयाँको रुद्राक्ष निर्यात भएको हो ।

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ३ करोड ३२ लाख रुपैयाँको रुद्राक्ष निर्यात भएको थियो । नेपालबाट निर्यात हुने रुद्राक्ष विश्वका ३ वटा देशमा निर्यात हुँदै आएका छन् । विभागका अनुसार चीन, भारत र अमेरिकाले नेपालबाट रुद्राक्ष किन्ने गरेको छ ।

दुई महिनाको अवधिमा भने चीन र भारतले रुदाक्ष निर्यात गरेको छ । जसमध्ये भारतमा सबैभन्दा बढी ३३ लाख ९२ हजार रुपैयाँको रुदाक्ष निर्यात भएको छ । त्यस्तै चीनले २ लाख ७४ हजार रुपैयाँको रुद्राक्ष  निर्यात गरेको छ ।