राजनीतिक दलहरूलाई पूर्वराजा ज्ञानेन्द्रको यस्तो छ चेतावनी

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले पदलोभ र भागबण्डामा राजनीतिक केन्द्रित हुँदै गएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् ।
शुक्रबार दसैँको अवसरमा भिडिओमार्फत शुभकामना दिँदै शाहले सो बताएका हुन् । उनले भनेका छन् ‘आज आस्था, सिद्धान्त र जनविश्वासका दृष्टि ती कति निष्ठावान र जनउत्तरदायी रहे भन्ने जल्दोबल्दो प्रश्न बनेको छ । पदलोभ सत्तास्वार्थ र भागबण्डा गरेर आफ्नै सुविधा भोग्नेका लागि राजनीतिक केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ ?’
पूर्वराजा शाहले वर्तमान राजनीतिक परिस्थितिले जनतामा उत्साह नभएको टिप्पणीसमेत गरेका छन् । उनले भने, ‘पूर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्नुहुन्न भन्ने आम भावना रहेको छ । आफ्ना सनातनि मूलभूत महिमालाई विथोलेर केही संरचना बदलेर केही नामान्तर गरेर सुन्दर नौलो नेपाल भइहाल्दो रहेनछु, पूर्वराजा शाहले भनेका छन्, ‘त्यसैले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्यचेतना आउनु आवश्यक छ ।’
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया