युक्रेनको बन्दरगाह शहर खेअरसन रुसको नियन्त्रणमा
काठमाडौं । रुसले युक्रेनको बन्दरगाह शहर खेअरसनको दक्षिणी शहरलाई आफ्नो नियन्त्रणमा लिएको छ । युद्ध सुरु भएयता रुसले महत्त्वपूर्ण शहर नियन्त्रणमा लिएको यो पहिलो घटना हो ।
बिबिसीले खेअरसनका मेयरलाई उद्धृत गर्दै उक्त शहर रुसी फौजको नियन्त्रणमा गएको लेखेको छ ।
मेयर इगोर कोलिखाएभका अनुसार, उक्त शहरको सभागृहमा अहिले रुसी फौज छन् । त्यहाँ युक्रेनी सशस्त्र बलको उपस्थिति छैन । सर्वसाधारण भने आफ्नै थातथलोमा छन् ।
सडकमा कारहरू सवारी साधन गुड्न रोक लागेको छ छैन तर विस्तारै गतिमा हिँडन भनिएको छ । दुई जनाभन्दा बढीको समूहमा पैदल हिँड्न नपाइने नियम बाँधिएको छ ।
उता, दक्षिणी बन्दरगाह शहर मारिऊपोलमा गोलाबारी जारी छ । त्यहाँ सयौँ मानिस मारिएको हुनसक्ने आशंका गरिए पनि अहिलेसम्म स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया